दफा ९
दण्ड सजाय
(१) यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले ट्राभल एजेन्सी वा ट्रेकिङ्ग एजेन्सी खोलेमा वा त्यस्तो एजेन्सी नखोली सो सम्बन्धी कारोबार गरेमा वा गर्न खोजेमानेपाल सरकारले त्यस्तो एजेन्सी वा कारोबार बन्द गर्न लगाई निजलाई बीस हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(२) दफा ७ बमोजिम टाभलवा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र निलम्बन भएको अवस्थामा कसैले ट्राभल वा ट्रेकिङ्ग एजेन्सी सम्बन्धी काम गरेमा निजलाई नेपाल सरकारले बीस हजार रूपैयाँसम्म जरिवाना गर्न र त्यस्तो व्यक्तिले पाएको ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र समेत खारेज गर्न सक्नेछ ।
(३) दफा ६ को “उपदफा (१) “उल्लंघन गर्ने व्यक्तिलाई नेपाल सरकारले पहिलो पटककसूर गरेको भए चालीस हजार रूपैयाँसम्म र दोश्रो पटकदेखि पटकै पिच्छे असी हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
दोश्रो संशोधनद्वारा थप ।पहिलो संशोधनद्वारा संशोधित ।दोस्रो संशोधनद्वारा संशोधित ।
४) दफा ६ को उपदफा(२) उल्लंघन गरे वापत विदेश विनिमय सम्बन्धीप्रचलित कानून बमोजिम तीन पटक वा सोभन्दा बढी सजाय पाएमा
नेपाल सरकारले त्यस्तो ट्राभल एजेन्सी वा ट्रेकिङ्ग एजेन्सीकोइजाजतपत्र खारेज गर्न सक्नेछ ।
(५) यस दफा बमोजिम नेपाल सरकारले दिएको आदेशबाट मर्का पर्ने व्यक्तिले उच्चअदालतसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ ।